बिहीबारको सुनुवाइ सुरु, प्रधानमन्त्रीका वकिलको बहस आज सकिँदै

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीहरूको बहस आज सकिने भएको छ ।
प्रधानमन्त्री तर्फका बाँकी सबै वकिलहरूका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार नै एक घन्टा मात्र समय दिन सकिने जानकरी गराएका थिए ।
यसैसाता रिट निवेदनमाथिको सुनुवाइमा क्रममा प्रधानन्यायाधीश जबराले सबै बहस यसै साताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न कानुन व्यवसायीको ध्यानाकर्षण गरेका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया