शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

ओलीले संविधान कोमामा पुर्‍याएका छन् : देव गुरुङ

काठमाडौँ  : नेकपा दाहाल नेपाल समूहका नेता देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नेपालको संविधान कोमामा गइसकेको बताएका छन् । उक्त समूहले काठमाडौँमा प्रतिनिधि सभा विघटनविरुद्ध गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले ओलीले मनलाग्दी गरिरहेको बताएका हुन् । 

‘यो संविधान कोमामा गइसकेको छ । केपी ओलीले मनलाग्दी गरेको छ । संवैधानिक नियुक्ति भइरहेको छ, कामचलाउ सरकारले कुनै पनि नियुक्ति गर्न सक्दैन,’ उनले भने, ‘मनपरि शासन गरिरहेको छ । मुलुकको रक्षाको लागि, संविधानको रक्षाको लागि सम्पूर्ण नेपाली एक हुन जरुरी छ । यदि यसो भएन  भने संविधान, गणतन्त्रण विस्थापित हुनेछ ।’ 

उनले ताजा जनादेशको नाममा पाँच वर्ष नपुग्दै चुनाव गराउने व्यवस्था संविधानमा नरहेको पनि बताए । ‘ताजा जनादेश भनेर बैशाखमा हुने भनिएको निर्वाचन नेपाली जनताले चिन्दैन,’ उनले भने, ‘संविधानले पाँच पाँच वर्षमा हुने निर्वाचन मात्रै चिन्छ ।’