शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

जनता उठिसके यो आन्दोलनले ओलीलाई समाप्त पार्ने छ : सन्तकुमार चौधरी

काठमाडौँ  :  नेकपा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य सन्तकुमार चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातर्फ लैजान खोजिरहेको बताएका छन् । दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध आज काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । 
‘आज एउटा प्रधानमन्त्रीले सनकको भरमा गणतन्त्र मास्‍न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘खबरदार निरंकुशता र तानाशाहीलाई फेरि फर्काउन खोज्नु हुँदैछ । अब जनता जागी सके बादशाहलाई घोडाबाट झार्ने छ ।’ 

उनले ओलीले संविधान, धर्मनिरपेक्षता मास्न खोजेको आरोप पनि लगाए । ‘लाखौं जनताको बलिदानबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समाप्त पार्न खोज्दै हुनुहुन्छ,’ उनले भने, ‘खबरदार केपी जी । संघीयतालाई मास्न पाएदैन । लाखौं जनता सडकमा उत्रिसके । अब तपाइँको पालो छ । जनता तपाइँलाई समाप्त पार्ने आन्दोलनमा होमिसके। यो आन्दोलनले ओलीलाई समाप्त पर्ने छ । थारुहरु उठिसके ।’