प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि

चितवन : चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाला धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सन्राइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबारदेखि फागुन १ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
चितवन जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष भरत मल्लका अनुसार प्रतियोगितामा देशभरका ३०० खेलाडीहरू आठ विधाका लागि सहभागी हुने छन् । भरतपुरको कभडहलमा हुने प्रतियोगितामा प्रथम हनेलाई रु एक लाख १५ हजार, दोस्रो हुनेलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद, ट्रफी र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउँदै छन् । राष्ट्रियस्तरका खेलाडीको समेत सहभागिता जनाउने मल्लले जानकारी दिए । प्रतियोगिताको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख १९ हजार खर्च लाग्ने अनुमान छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया