एनफिल्डमा सिटी र लिभरपुलको कीर्तिमान

काठमाडौँ : प्रिमियर लिगमा आइतबार च्याम्पियन लिभरपुललाई हराएसँगै म्यानचेस्टर सिटीले नयाँ कीर्तिमान राखेको छ । सिटीले इंगल्यान्डको शीर्ष श्रेणीका क्लबमध्ये लामो समयसम्म अपराजित रहने कीर्तिमान राखेको हो । एनफिल्डमा सन् २००३ यताको पहिलो जित दर्ता गर्नेक्रममा एल्काई गुन्डोगनले दुई गोल गरे । एनफिल्डमा घरेलु टिमलाई ४-१ ले हराउन गुन्डोगन बाहेक रहिम स्टर्लिङ र फिल फोडेनले एक-एक गोल गरे ।
जारी सिजनमा सबै खाले प्रतियोगितामा गरी सिटी १४ खेलमा अपराजित छ । जुन इंग्लिस फुटबलमा प्रेस्टन र आर्सनलले राखेको कीर्तिमानको बराबरी हो । हाल इंगल्यान्डको दोस्रो श्रेणीमा रहेको प्रेस्टनले सन् १९८२ र आर्सनलले सन् १९८७ मा १४ खेलमा लगातार जित हासिल गरेका थिए । पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटी गत डिसेम्बर १५ यता अपराजित छ ।
उता पराजित लिभरपुल भने यस सिजन लगातार खराब लयबाट गुज्रिरहेको छ । यार्गेन क्लपको टोलीले आइतबार घरेलु मैदानमा लगातार तेस्रो हार व्यहाेर्याे । लिभरपुल पछिल्ला खेलहरुमा बर्नली र ब्राइटनसँग पराजित भएको थियो । लिभरपुलले यसअघि सन् १९६३ मा मात्रै एनफिल्डमा लगातार तीन खेलमा पराजय भोगेको थियो ।
सिटीसँग हारेसँगै लिभरपुलले अर्को पनि कीर्तिमान राख्यो । घरेलु मैदानमा लगातार तीन खेलमा पराजित हुने ६५ वर्ष यताकै पहिलो लिग विजेता बनेर । यो कीर्तिमान चेल्सीको नाममा थियो । सन् १९५६ को त्यस लिगमा चेल्सी १६ औँ भएको थियो ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया