रजनीको गोलमा चन्द्रपुरको जित

काठमाडौँ : रजनी थोकरले खेलकै एक मात्रै गोल गर्दा चन्द्रपुर नगरपालिकाले आइतबार राष्ट्रिय महिला फुटबल लिगमा विराटनगर महानगरपालिकालाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रजनीले ७० औ मिनेटमा गरेको गोल रौतहटको टोलीका लागि लिगमा दोस्रो जित निकाल्न पर्याप्त रह्यो ।
जितसँगै चन्द्रपुरले सात खेलबाट ६ अंक बटुलेको छ । पराजित बिराटनगर भने १० अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ । पहिलो लेगमा बिराटनगरले चन्द्रपुरले ५-० ले पराजित गरेको थियो । लिगमा अपराजित रहेको शसस्त्र प्रहरीको एपीएफ सात खेलबाट १८ अंक बटुल्दै शीर्षस्थानमा छ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया