कहिल्यै नथाक्ने रोनाल्डो

काठमाडौँ: क्रिस्टियानो रोनाल्डो ३६ वर्षको उमेरमा पनि उस्तै फिट छन् । लगातार उच्च स्तरको खेल देखाइरहेका छन् । गोल गरिरहेका छन् । पोर्चुगलका यी फरवार्डको शारीरिक स्फुर्तिका बारेमा बारम्बार बहस भइरहेको हुन्छ ।
नहोस पनि किन ? जारी इटालियन सिरी ए सिजनमा १७ खेलमा १६ गोल गरिसके । सबैखाले प्रतियोगितामा गरी उनले २४ खेल खेलेका छन्, जसमा उनको गोल संख्या २३ छ । शनिबार लिगमा एएस रोमाविरुद्धको जितमा पनि रोनाल्डाले गोल गरे ।
युरोपियन क्लब फुटबलमा खेलाडी ३० कट्ने बित्तिकै उसलाई कहिले सन्यास लिने भनेर प्रश्न सोध्ने गरिन्छ । तर रोनाल्डोले त्यस किसिमको प्रश्नको सामना गर्नुपरेको छैन । बार्यन म्युनिख, रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन, चेल्सी र एसी मिलान जस्ता क्लबमा कार्लो एनसिलोट्टीको प्रशिक्षण टोलीमा ‘फिटनेस कोच’ रहिसकेका जियोभानी मउरीले रोनाल्डोले ४० वर्षको उमेरसम्म पनि उही लयमा खेल्न सक्छन् भनेर त्यसै भनेका होइनन् ।
उता युभेन्टस र इटाली राष्ट्रिय टोलीबाट खेलेका क्रिस्टियन भियरीले समेत रोनाल्डोको तारिफ गरेका थिए । ‘कुनै पनि टिममा रोनाल्डो भए त्यस टिम खेलमा स्वत १–० ले अघि बढेको मान्न सकिन्छ ।’ भियरीले यसै साता भनेका थिए । रोमासँगको खेलमा भयो पनि त्यस्तै । उनै रोनाल्डोको गोलमा युभेन्टसले १३ औ मिनेटमै अग्रता लियो । उनले गरेको गोल हेर्न लायकको थियो । यसरी नै गोल गरिरहेका रोनाल्डो फेरी पनि युरोपियन गोल्ड बुटको दौडमा छन् । उनले यसअघि नै चार पटक सो उपलब्धि हासिल गरिसकेका छन् ।
सिजनको सुरुवाती खेलहरूमा बलियो नदेखिएको युभेन्टस पछिल्ला साताहरूमा पनि मिलानका दुई क्लबको सामुन्ने निरिह देखिएको थियो । तर रोमामाथिको जितपछि युभेन्टस अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । रोनाल्डोकै गोलमा युभेन्टसले गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै कोपा इटालियन क्लबको फाइनल प्रवेश गर्यो । रोनाल्डोले यही लय जारी राखे युभेन्टस च्याम्पियन्स लिगको उपाधि दाबेदार बन्ने सम्भावना बलियो छ ।
आन्द्रेइ पिर्लो आफ्नो पहिलो सिजनमा युभेन्टसमा सफल हुने, नहुने भन्ने पनि रोनोल्डाको लयले निर्धारण गर्नेछ । रोनाल्डो युभेन्टसका लागि महत्वपूर्ण खेलाडी भए पनि उनलाई सबै खेलमा प्रयोग गर्न चाहदैनन्, पिर्लो ।
रोनाल्डोलाई पर्याप्त आराम चाहिने कुरामा पिर्लो सचेत छन् । तर रोनाल्डो भने सबै खेलमा ९० मिनेट सम्मै मैदानमा रहन चाहान्छन् । इन्टरसँगको खेलमा ७७ औ मिनेटमा मैदान बाहिर आएका रोनाल्डो खुशी देखिएनन् । रोनाल्डो बेखुश देखिएपछि पिर्लोको अभिब्यक्ति थियो, ‘उनलाई उपयोग गर्दैगर्दा, आराम पनि दिन जरुरी छ । उनी चोट रहित रहनु, फ्रेस रहनु हाम्रा लागि महत्वपूर्ण छ ।’

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया