पैसा लिएर सीमा वारपार गराउने भारतीय पक्राउ

बुटवल : पैसा लिएर नेपाल भारत सीमा क्षेत्रबाट अवैध रुपमा मानिस भित्र्याउने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगरपालिका-१ वेलहियाबाट अजय भारतीलाई पक्राउ गरिएको हो ।
प्रतिव्यक्ति एक हजार देखि ५ हजार रुपैयाँसम्म रकम लिई अवैध रुपमा नेपाल प्रवेश गराएको भन्दै भारत उत्तर प्रदेश महाराजगंज जिल्ला मदरा बस्ने २० वर्षीय अजयलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक बाटोमा आवतजावत गर्ने पैदल यात्रीहरुसँग रकम लिने गरेको र नदिएमा झैझगडा गर्ने गरेकोले निजलाई पक्राउ गरि अभद्र व्यवहारमा कानून वमोजिम कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
कोभिड-१९ का कारण सिमानाका अझै पनि सिल गरिएको छ । तर पैसा लिएर मान्छेहरुलाई अवैध ढंगले नेपाल भित्र्याउने काम भइरहेको स्थानीयले बताएका छन् ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया