रोकिएन बालविवाह : तीन वर्षमा ४९ घटना

बुटवल : बुटवल १४ कार्तिक । सामाजिक रुपान्तरणको चर्को वकालत गरे पनि हामी कहाँ अझै बालविवाह रोकिएको छैन् । सरकारी तथा गैरसरकारकारी संघ संस्थाहरुले सचेतनाका नाममा ठुलोधनराशी खर्च गरे पनि लुम्बिनी प्रदेशमा बालविवाहका घटना सार्वजनिक भैरहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङक अनुसार बालविवाह पहाडी जिल्लामै बढी देखिएको छ । प्रहरीले दिएको तथ्याङक अनुसार लुम्बिनी प्रदेशमा तीन वर्षको अवधिमा ४९ वटा बालविवाहका घटना भएका छन । ति मध्ये २७ वटा बालविवाह १६ देखि १८ वर्ष उमेर समुहले गरेका छन् । प्रहरी तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा वढि बालविवाहका घटना हुनेमा प्यूठान रहेको छ ।
जहाँ तीन वर्षमा १९ वटा बालविवाहका घटना भएका छन् । सार्वजनिक नभएका घटना त अझै कति छन् । दाङ दोस्रो स्थानमा रहेको छ । दाङमा १३ वटा बालविवाहका घटना भएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमै बाँकेमा ८, अर्घाखाँचीमा ३, गुल्मीमा २ र कपिलवस्तु, रुकुम पूर्वमा र रुपन्देहीमा १/१ वटा बालविवाह भएको प्रदेश प्रहरीको तथ्यांकमा छ । प्रहरीका अनुसार नवलपरासी पश्चिम, रोल्पा र पाल्पामा बालविवाहको घटना शून्य देखिएको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।
प्रहरीमा दर्ता भएका घटनाका मात्र आफुहरुले सार्वजनिक गरेका उनको भनाई रहेको छ । यसरी बालविवाह गर्नेहरुको तथ्याङ्क अध्ययन गर्दा जातिय आधारमा सबै भन्दा बढी ब्राह्मण क्षेत्री रहेका छन् । सोहि समुदायका बालबालिकाहरु बढी पीडित भएको देखिन्छ । बालविवाहको तथ्याङक हेर्दा ब्राह्मण क्षेत्री समुदायका १६ वटा बालविवाहका घटना भएका छन् भने जनजातिका पनि १६ वटै बालविवाहका घटना दर्ता भएका छन् । दलित समुदायका ९ तथा मधेसी समुदायका ८ वटा बालविवाहका घटना भएका छन् । घटना अनुसन्धान गर्दा अघिकांश घटना आर्थिक लालचदेखि आफन्तको दवाबमा भएको देखिएको प्रहरीले बताइएको छ । मधेसका कतिपय समुदायमा बालविवाहको प्रचलन रहेको भनिएपनि उनिहरुका अधिकांश घटना ढाकछोप गर्ने गरिएको प्रहरीको अनुमान छ ।
बालविवाहविरुद्ध प्रहरीको अभियान
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बालविवाहविरुद्ध १५ दिने सचेतना अभियानको थालनी गरेको छ । समाजमा बढ्दै गएको बालविवाह रोक्नका लागि प्रदेशका सबै जिल्ला र प्रहरी इकाइहरुमा त्यस्तो अभियान शुक्रबारदेखि सुरु गरिएको हो । स्थानीय सरकार तथा विभिन्न संघ-सस्थाको समन्वयमा प्रहरीले शुक्रबारदेखि कात्तिक २८ गतेसम्म सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारले जानकारी दिए ।
प्रदेशका १२ वटै जिल्लामा कार्यक्रम सञ्चालन हुने अभियानमा मातहतका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले ५/५ वटा कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।त्यस्तै वडा प्रहरी कार्यालयबाट ३ वटा र प्रहरी चौकीमार्फत २ वटा कार्यक्रम सञ्चालन गरिने छन् । कार्यक्रम अन्तर्गत प्रहरी चेक पोष्टहरुमा सचेतनामूलक व्यानर, प्लेकार्ड बजार तथा प्रहरी कार्यालय अगाडी राख्ने, विभिन्न चेकिङ स्थानजमा सचेतनामूलक पोष्टर राख्ने, माइकिङ गर्ने, बजार क्षेत्रमा २/३ जनाको समूहमा अभियानबारे जानकारी गराउने लगाएका रहेको प्रदेश प्रहरीको भनाई छ ।

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बजेट अभावमा विद्यालय भवन अधुरो

पश्चिम नेपालका क्यान्सरका बिरामीलाई नजिकै उपचार सेवा

संस्कृति संरक्षण गर्न कर्मकाण्डसम्बन्धी सीप प्रदान

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

घोराही कारागारमा बायोग्यास

प्रतिक्रिया