आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

निर्वाचनमा सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्‍ने

आयोगले माग्यो सरकारसँग पैसा

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधि सभाको निर्वाचनको लागि सात अर्ब ९ करोड रुपैयाँ खर्च लाग्‍ने अनुमानित बजेट आज बुधबार सरकारसमक्ष पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियका अनुसार कूल निर्वाचन खर्चमध्ये ६ अर्ब ७२ करोड रुपैयाँ निर्वाचन व्यवस्थापनका लागि र ३७ करोड कोभिड व्यवस्थापनका लागि खर्च हुने अनुमान छ ।

संविधान जारी भएपछि पहिलोपटक गरिएको प्रतिनिधि सभाको निर्वाचनमा सात अर्ब ४७ करोड रुपैयाँ लागेको थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार आगामी २०७८ सालको प्रतिनिधि सभा निर्वाचनमा खर्च कम लाग्नुको मुख्य कारण २०७४ सालकै निर्वाचनमा प्रयोग गरिएका सामग्री, उपकरण र प्रविधिलाई पुनः उपयोग गरिने हो । 

‘यसपालि हामीले सवारी साधन शीर्षकमा बजेट नै राखेका छैनौं,’ थपलियाले इकागजसँग भने, ‘यसपालि विशेष गरेर पुरानै सामग्री हामी प्रयोग गर्नेछौं ।’ निर्वाचन प्रयोजननिम्ति आयोगले दिने तालिम पनि अनलाइन (भर्चुअल) मार्फत नै हुने हुनाले खर्च कम लाग्ने थपलियाले बताए ।