संवैधानिक निकायका पदाधिकारीको शपथ कार्यक्रम उपराष्ट्रपति र सभामुखद्धारा बहिष्कार

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटोले संसदीय सुनुवाइ विना नै गरिएको संवैधानिक निकायका पदाधिकारीको सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन् ।
शीतल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संवैधानिक निकायका प्रमुख र प्रमुखले सदस्यहरूलाई शपथ गराउँदा उपराष्ट्रपति पुन र सभामुख सापकोटाले कार्यक्रम नै बहिष्कार गरेका हुन् ।
यसअघि सभामुख सापकोटाले संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिको सुनवाइ गर्न पनि अस्वीकार गरेका थिए । संवैधानिक परिषदले सुनुवाइका लागि आग्रह गर्दा पनि सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सुनुवाइ नहुने जवाफ दिएका थिए ।
सुनुवाइ विना पनि सिफारिस भएको ४५ दिनभित्र स्वतः नियुक्त हुने व्यवस्थाअनुसार शीतलनिवासमा उनीहरुले शपथ लिएका हुन् । पूर्व माओवादीबाट उपराष्ट्रपति र सभामुख बनेका पुन र सापकोटा दुवै अहिले नेकपाको दाहाल-नेपाल समूह निकट हुन् ।
यसअघि संवैधानिक परिषदको बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओली सापकोटाप्रति आक्रोशित बनेका थिए । प्रतिनिधि सभा विघटनदेखि संवैधानिक परिषद बैठकका विषयमा समेत प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेका सभामुख सापकोटा शपथ ग्रहण समारोहमा नगएको अनुमान छ ।
यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन पश्चात थपिएका मन्त्रीहरुको शपथमा सभामुख सापकोटा भने उपस्थित भएका थिए ।

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

प्रतिक्रिया