संवैधानिक इजलासमा न्यायाधीश सिन्हा र महान्यायाधिवक्ता खरेलबीच सवाल जवाफ

काठमाडौँ : प्रतिनिधि सभा विघटनको मुद्दाको मंगलबारको सुनुवाइ जारी छ । आज पनि प्रधानमन्त्री केपी ओलीको पक्षमा महान्यायाधीवक्ता अग्नि खरेलले बहस जारी राखेका छन् । खरेलको बहसमा न्यायाधीश अनिल सिन्हासँग सवाल जवाफ चलेको छ ।
न्यायाधीश सिन्हा - अर्को सरकार बन्न सक्दैन भन्ने निर्क्योल प्रधानमन्त्रीले गर्ने हो कि संसद बोलाएर समाधान त्यहाँबाट खोज्ने हो ?
महान्यायाधिवक्ता खरेल - ०५२ सालको उदाहरण दिन्छु श्रीमान !
न्यायाधीश सिन्हा - हरेक कुरामा ५२ सालमा फर्किनु पर्ने जरुरी छैन, ०५२ साल नदोहोरियोस भनेर यो सबै भएको हो ।
महान्यायाधिवक्ता खरेल – प्रधानमन्त्रीले भन्नु भएको छ, यो वाध्यताले चालिएको कदम हो। यो सजिलो छैन अफ्ट्यारो हो। यसको जवाफ उहाले नै दिनुपरेको छ। अगाडिका केही सन्दर्भ जोडदा सम्दर्भ बुझ्न सजिलो होला भनेर ५२ सालको उदाहरण दिन खोजेको हुँ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया