शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

किशोरीलाई आइरन र फोलिकएसिड खुवाइँदै

फाइल तस्बिर

टीकापुर :  कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउन सुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिकएसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिकएसिड खुवाउन लागिएको हो । विद्यालयस्तरमा आइतबारबाट खुवाउन सुरु भएको छ । 

रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको स्वास्थ्य तथा पोषण कार्यक्रमअनुसार कैलाली जिल्लाभरी किशोरीलाई आइरन तथा फोलिकएसिड खुवाइने टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए । ‘टीकापुर नगरपालिकाभित्रका सामुदायिक र संस्थागत गरी ७४ विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन तथा फोलिक एसिड चक्की खुवाउन सुरु भएको छ,’ उनले भने, ‘हप्तामा एक दिन हरेक आइतबार आइरन तथा फोलिक एसिड चक्कीलाई १३ हप्तासम्म खुवाउने छौँ ।’ 
    
सबै किशोरी विद्यालयको पहुँचमा नहुन सक्ने भएकाले समुदायमा रहेका किशोरीलाई समेत खुवाइने छ । चक्की खुवाउन विद्यालय तहमा ७४ जना शिक्षक, शिक्षिकालाई तालीम दिएर परिचालन गरिएको छ । समुदायस्तरका किशोरीका लागि १२० महिला स्वास्थ्य स्वयम्सेविकालाई तालीम दिएर परिचालन गरिएको छ । १३ हप्तासम्म खुवाइसके पछि सोही समयको अन्तरमा आउँदो वर्ष साउन, भदौ महिनादेखि फेरि १३ हप्ता गरी २६ हप्तासम्म उक्त चक्की खुवाइनेछ  ।   रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…