सेयर कारोबारको दुईदिनभित्र भुक्तानी राफसाफ गरिसक्नुपर्ने

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गरेका दुई कार्यालय दिनभित्र भुक्तानी राफसाफ गरिसक्नुपर्ने व्यवस्था पूर्ण कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । धितोपत्र दलाल व्यवसायीले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तिमा पच्चीस प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट नगदै अग्रिम लिनुपर्ने भन्दै सूचना सम्प्रेषण भएको भन्दै धितोपत्र बोर्डले त्यसको खण्डन गरेको छ ।
बोर्डले माघ १४ गतेदेखि सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट चक्र टी+२ मा हुनुपर्ने व्यवस्था लागू भइसकेकोमा कतिपय धितोपत्र दलाल व्यवसायीहरुले सोको पालना नगरेको भनी लगानीकर्ताबाट गुनासो प्राप्त भएकोले धितोपत्र कारोवार साफसाफ तथा फछ्र्यौैट टी+२ मा गर्न आग्रह गरेको छ । टी+२ भनेको धितोपत्र कारोबारको दुई दिनभित्र भुक्तानी राफसाफ गर्ने विधि हो । कारोबार भएको दिनलाई छाडेर दुई दिनभित्र भुक्तानी राफसाफ गर्ने यस प्रणाली अन्तर्गत उदाहरणका लागि सोमबार सेयर खरिद वा बिक्री गरेको छ भने बुधबार भित्र त्यसको राफसाफ भइसक्नुपर्छ । यसअघि धितोपत्र दलालले खरिदकर्तासँग भुक्तानी लिएर पनि बिक्रेतालाई भुक्तानी दिन झुलाउने गरेको गुनासो आएको थियो । अब भने दुई दिनभित्र राफसाफ भैसक्नुपर्छ ।
‘सोही अनुसार समयमा नै धितोपत्र तथा रकम सम्बन्धित लगानीकर्ताले पाउने व्यवस्था कडाईका साथ पालना गर्न परिपत्र जारी गरेको र धितोपत्र दलाल व्यवसायीले समयमा नै लगानीकर्तालाई रकम भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले यसअघि नै व्यवस्था गरिएको धितोपत्र कारोवार संचालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम धितोपत्र विक्री गर्ने लगानीकर्तासँग मार्जिन रकम वा चेक लिनसक्ने जानकारी गराइएको थियो,’ धितोपत्र बोर्डले भनेको छ, ‘लगानीकर्ताले खरिद गरेको धितोपत्र र धितोपत्र बिक्री वापतको रकम समयमा नै लगानीकर्तालाई प्राप्त होस भनेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
बैंक खाता र शेयर खाता इन्टिग्रेशनको कार्य अगाडि बढाउने प्रक्रियाको लागि बोर्डबाट निर्देशन भइसकेको परिप्रेक्षमा सो व्यवस्था कार्यान्वयनमा आएपश्चात् धितोपत्र कारोवारको राफसाफ तथा फछ्र्यौट थप प्रभावकारी हुने धितोपत्र बोर्डले उल्लेख गरेको छ ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया