पाकिस्तानले पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई हरायो

काठमाडौँ : पाकिस्तानले पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको छ । शुक्रबार कराँचीमा जिन दर्ता गरेसँगै १४ वर्षपछि पाकिस्तान फर्किएको दक्षिण अफ्रिकाविरुद्धको टेस्ट श्रृङ्खलामा घरेलु टिमले १-० को अग्रता बनाएको छ ।
फवाद आलामले केशव माहाराजको बलमा चौका प्रहार गरेसँगै पाकिस्तानले जित सुनिश्चित गर्यो । पाकिस्तानलाई जितका लागि ८८ रन आवश्यक परेको अवस्थामा घरेलु टिमले लन्च समयसम्म २२ रन मात्रै बनाएको थियो । आविद अली १० रनमा आउट भएका थिए भने इमरान बट १२ रनमा सिमित भए । त्यसपछि क्रिजमा आएका अजर अलीले अविजित ३१ रनको योगदान गरे भने कप्तान बाबर आजमले ३० रन बनाए ।
त्यसअघि पाकिस्तानका लागि स्पिनरद्धय नउमन अली र यासिर शाहले क्रमशः पाँच र चार विकेट लिएका थिए । दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न अली र शाहले बिहीबार पनि तीन विकेट हात पारेका थिए ।
अब दोस्रो टेस्ट फेबु्रअरी चारबाट रावलपिन्डीका हुनेछ । दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानमा खेलिएका पछिल्ला सात टेस्टमध्ये एकमा मात्रै घरेलु टिम विजय भएको थियो । करिब डेढ दशक पाहुना बनेर आएको दक्षिण अफ्रिकालाई यस श्रृङ्खलामा हराउँदै पाकिस्तान रेर्कड सुधार्न चाहान्छ ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया