राजा महेन्द्र–वीरेन्द्रका सारथि खनाल रहेनन्

काठमाडौं : राजदरबारमा ३५ वर्षे दीर्घसेवामा संलग्न रेवतीरमण खनालको निधन भएको छ । उनको मंगलबार साँझ निधन भएको हो । उनी दम र मधुमेहको बिरामी थिए । राजा महेन्द्रको पालामा दरबारको सेवामा प्रवेश गरेका खनाल वीरेन्द्र राजा हुँदा प्रमुखसचिव थिए ।
खनाल मुलुकमा पञ्चायती व्यवस्था आगमनसँगै २०१७ फागुन १५ मा जनसम्पर्क अधिकृतका रूपमा राजदरबार सेवामा संलग्न भएका थिए । उनी २०५२ वैशाख १ मा राजा वीरेन्द्रको प्रमुखसचिवको जिम्मेवारी पूरा गरी अवकाश लिएका थिए ।
कानुन र साहित्य दुवै लेखनयात्रामा संलग्न खनालले मदन पुरस्कारसमेत पाएका थिए । उनका ‘विश्वका प्रमुख कानुन प्रणाली’, ‘नेपालको कानुनी मस्यौदा’, ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानुन’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’ तथा ‘समालोचना र फैसला’ लगायत पुस्तक छन् ।
‘दरबारका कुुरा’ समेट्दै चार वर्षअघि ‘अनुभूति र अभिव्यक्ति’ स्मरण पुस्तक चर्चित थियो । जुन पुस्तकले दरबारको शासकीय शैलीबारे केही पाटा पनि उजागर गरेको थियो ।
दरबारका कुरा भएको हुँदा मृत्युपछि सार्वजनिक गर्ने गरी ‘सिलबन्दी’मा राखिएको भनिए पनि उनकै जीवनकालमा पुस्तक सार्वजनिक भयो । उनले भूमिकामै लेखेका थिए, ‘लेखेर गोप्य सिलबन्दी गरेर राख्छु । मेरो शेषपछि प्रकाशित गरे हुन्छ ।’तर, उनकै जीवनकालमा राजतन्त्रको विधिवत् अन्त्य भइसकेपछि २०७३ मा उनको पुस्तक सार्वजनिक भएको थियो ।

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

प्रभु साहको टिप्पणीः सरकारले मलखाद नदिएर किसानलाई जिउँदै मारिरहेको छ

मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : महामन्त्री शर्मा

प्रतिक्रिया