दक्षिण अफ्रिकालाई पहिलो टेस्ट जोगाउनै मुश्किल
काठमाडौँ : पाकिस्तानसँगको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाको खराब प्रदर्शन जारी छ । कराँचीमा पहिलो पाली सस्तैमा अलआउट भएको दक्षिण अफ्रिका दोस्रो पालीमा पाकिस्तानसँगको अग्रता घटाउनै हम्मे हम्मे परेको छ ।
एडेन मरक्रम बाहेक अरु व्याट्सम्यानले गतिलोसँग रन जोड्न नसक्दा दोस्रो पालीमा दक्षिण अफ्रिका संकटमै छ । तेस्रो दिनको खेल सकिदा ४ विकेट गुमाएर १८७ रन मात्रै बनाउन सकेको अफ्रिकाले २९ रनको अग्रता लिएको छ ।
उसका महत्वपूर्ण व्याट्सम्यान मरक्रमले ७४ र रसी भान डेर डुसेनले ६४ रन मात्रै बनाउन सके । ओपनर डिन एल्गर २९ र फाफ डुप्लेसिस १० रनमै आउट हुँदा दक्षिण अफ्रिकाले दोस्रो पालीमा विशाल रन बनाउने सम्भावना न्युन देखिन्छ ।
पहिलो पालीमा निकै खराब शुरुवात गरेपनि फावद आलमले शतक बनाएपछि पाकिस्तान अफ्रिकामाथि दबाब सिर्जना गर्न सफल भएको हो । अफ्रिकालाई २२० रनमै अलआउट गरेर ३७८ रन बनाएको पाकिस्तानले पहिलो पालीमा १५८ रनको अग्रता लिन सफल भएको थियो ।
अब चौथो दिन पाकिस्तानी बलरसामु दक्षिण अफ्रिकाका मध्य र पुछारका ब्याट्सम्यानको प्रदर्शनमा उसको पहिलो टेस्टको जित निर्भर छ । (इएसपीएन क्रिकइन्फोको सहयोगमा)

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया