प्रधानमन्त्री ओलीलाई सर्वोच्चमा उपस्थित गराउन माग

काठमाडौं : कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वाेच्चमा उपस्थित गराउन माग गरेका छन् । प्रधानमन्त्रीविरुद्धको अवेहलना मुद्दामा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीलाई तीन दिनभित्र इजलाशमा बोलाएर लिखित जवाफ पेश गराउन माग गरेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले निवेदन दर्ता गराएका थिए ।
निवेदनमा वहस गर्दै कानुन व्यवसायीहरूले प्रधानमन्त्रीलाई इजलासमा बोलाउन माग गरेका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा मुद्दा सुनुवाइ जारी छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया