नेपाल लाइफको सेयर मूल्य समायोजन, पहिलो कारोबारमै ७ प्रतिशतले बढ्यो मूल्य

काठमाडौं : लाभांश घोषणा गरेलगत्तै अत्यधिक किनबेच भइरहेको नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । मंगलबार बुक क्लोज हुनुभन्दा अघि नेपाल लाइफको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको किनबेच भएको थियो ।
नेपाल लाइफले ३१ प्रतिशत बोनस सेयर घोषणा गरेपछि लगानीकर्ताहरूको आकर्षण बढेको हो । बुधबार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार प्रति कित्ता दुई हजार ८ सय ७२ रुपैयाँमा रोकिएको थियो । समायोजनपछि नेपाल लाइफको सेयर मूल्य प्रति कित्ता दुई हजार १ सय ९२ रुपैयाँ कायम भएको छ ।
बुधबारको सुरुवाती कारोबारमा कम्पनीको सेयर बढिरहेको छ । ११ बजेर १६ मिनेट जाँदा कम्पनीको सेयर मूल्य दुई हजार ३ सय ६५ रुपैयाँ पुगेको छ । यस अविधमा सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्योरेन्स कम्पनी नै छ । २३ करोड रुपैयाँ बराबर कम्पनीको सेयर किनबेच भइरहेको छ ।

सुनको मुल्यमा ६ सय रूपैयाँले वृद्धि

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

प्रतिक्रिया