भारतमा कोभिड-१९ को संक्रमण घट्यो

काठमाडौं : भारतमा केही हप्ता अगाडिसम्म कोभिड-१९ सङ्क्रमित र मृतकको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो केही हप्ता अगाडिदेखि दैनिकरुपमा संक्रमितको संख्या घटिरहेको हो ।
यही क्रममा मंगलबार कोभिड सङ्क्रमितको सङ्ख्या पछिल्लो तीन महिनामा सबैभन्दा थोरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै सङ्क्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४७० जना सङ्क्रमित भएको जनाएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ । त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कोभिडबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् । सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।
त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुका अनुसार कूल छ लाख २५ हजार ८५७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । रासस

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_mwJJ0Spxa8_h3msuvybqy2xhpp2pocdpe4ogbocussnfghbnhdkodrvuefv1ifzbbihwkai.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

ट्रम्पविरूद्धको निरन्तर ‘नो किंग्स’ आन्दोलनले अमेरिकामा तनाव

इरान हमलापछि नेतान्याहुको छोराको विवाह रोकियो

इजरायली नागरिकको मृत्युका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने नेतन्याहूको चे…

प्रतिक्रिया