प्रधानमन्त्रीविरुद्धका दुई वटा अवहेलना मुद्दा सर्वाेच्चमा दर्ता
काठमाडौँ : कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलनाका दुई वटा निवेदन सर्वोच्चमा दर्ता हुँदैछन् । प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथि व्यक्तिगत टिप्पणी गरेको आरोपमा कानुन व्यवसायीद्वय कुमार शर्मा आचार्य र कन्चनकृष्ण न्यौपानेलयायतले पेस गरेका दुई वटा निवेदन मंगलबार सर्वोच्चमा दर्ता हुँन लागेका हुन् ।
आइतबारको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै नेपाल बार एशोसियशनका चार पूर्वअध्यक्षहरुले पनि विज्ञप्ति जारी गरी कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्य वरिष्ठत अधिवक्ता बारका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेको बताएका छन् ।
केही दिनअघि प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा भएको बहसलाई 'तमासा'को संज्ञा दिएका थिए । प्रधानमन्त्रीसँगै पूर्व चार प्रधानन्यायाधीशलाई पनि विपक्षी बनाएर अपहेलना र विचाराधिन मुद्दामा अदालतलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै निवेदन दर्ता प्रक्रियामा गएको हो ।
पूर्वप्रधानन्याधीश मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध निवेदन दर्ता गर्न लागिएको हो । उनीहरूले प्रतिनिधि सभा विघटनका विषयमा संयुक्त विज्ञप्ति जारी गरेका थिए ।
साथै पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अपहेलना मुद्दा दर्ताको प्रक्रियामा गएको छ । अदालतले मुद्दा दर्ता गर्ने बताइसकेको स्राेतले बतायो । ढुंगानाले प्रतिनिधि सभा विघटनबारे धारणाा राख्दै आएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया