न्यायाधीश थप्न सकिन्छ, तर बस्ने ठाउँ छैन - प्रधानन्यायाधीश राणा

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले सर्वोच्चको संवैधानिक इजलासमा न्यायाधीश थप्न सकिने भएपनि बस्ने ठाउँ नभएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहदा बहस गरेका वकिलले संवैधानिक इजलासलाई वृहत् बनाउनै नमिल्ने हो ? भन्दै प्रश्न गरेपछि प्रधानन्यायाधीश राणाले जवाफमा न्यायाधीश थप्न सकिने भएपनि बस्ने ठाउँ नभएको बताएका हुन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसका क्रममा इजलासमा न्यायाधीशको संख्या थपेर वृहत इजलासबाटै मुद्दाको टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले भने, ‘न्यायाधीशसको संख्या थप्न सकिन्छ । तर भौतिक पूर्वाधार छैन् । ठाउँ सानो छ । ९ वा ११ जना न्यायाधीश बस्ने कुर्सी टेबल अट्दैन ।’
यसअघि रिट निवेदकले वृहतपूर्ण इजलासमै मुद्दाको सुनुवाई गर्नुपर्ने माग गरेका थिए । झण्डै एक महिना लामो बहसपछि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमै मुद्दाको सुनुवाई गर्ने आदेश दिएका थिए ।
त्यसबेला अदालतको सहयोगीका रुपमा प्रयोग हुने 'एमीकस क्युरी थ्योरी' बहसका क्रममा पनि विज्ञहरुले संवैधानिक इजलासमै न्यायाधीशको संख्या थपेर सुनुवाइ गर्न सकिने राय दिएका थिए । तर प्रधानन्यायाधीश राणाले वृह्तपूर्ण इजलासमा मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरिदिए ।
मंगलबार बहस गरेका वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय राजनीतिक निर्णय भन्नु विवादास्पद भएको बताए । उनले पार्टीभित्र काम गर्न नदिएको, आफ्नो अधिकार प्रयोग गर्न नपाएको गुनासो गरेर अदालतलाई जवाफ लेख्नु आफैमा गैरसंवैधानिक भएको पनि टिप्पणी गरे ।
मंगलबार वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले पनि बहस गरेका थिए ।

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया