कोहलीले भारतका लागि गरेको योगदान नर्बिसौँ: प्रशिक्षक अरुण

काठमाडौँ : हालै अस्ट्रेलियालाई उसकै मैदानमा सम्पन्न टेस्ट श्रृङ्खलामा पराजित गरेको भारतीय क्रिकेट टिमको चौतर्फी प्रशंसा भइरहेको छ । कप्तान विराट कोहली बीचमै भारत फर्केपछि कार्यवहाक कप्तान बनेका अजिन्क्या रहानेले भारतलाई बलियो नेतृत्व प्रदान गरे । जसका कारण रहानेलाई नै भारतीय टेस्ट टिमको कप्तान बनाउनु पर्ने धारणा ब्यक्त भइरहेको छ ।
यसै सन्दर्भमा भारतीय टिमका बलिङ प्रशिक्षक भरत अरुणको भनाइ सार्वजनिक भएको छ । अरुणले रहानेले अस्ट्रेलियामा परिपक्वता देखाएको खुसी ब्यक्त गर्दै कोहलीले भारतीय टिमका लागि गरेको योगदान बिर्सन आग्रह गरेका छन् । ‘रहानेलाई बधाई दिन चाहान्छु । उनले अस्ट्रेलियामा भारतीय टिमको नेतृत्व सही ढङ्गले गरे । तर रहानेले राम्रो गरे भन्दैमा कोहलीको योगदान बिर्सन मिल्दैन । कोहलीले भारतलाई २० श्रृङ्खला मध्ये १४ मा जित दिलाएका छन्’ अरुणले भने ।
क्रिकेटको मात्रै होइन, अन्य खेलको कप्तानहरुको जित प्रतिशत हेर्ने हो भने कोहली उत्कृष्टमध्येका एक ठहरिने अरुणको भनाइ थियो । ‘न्यूजिल्यान्डको रग्बी टिमको जित प्रतिशत ८० प्रतिशत छ । त्यसपछि त भारतकै जित प्रतिशत धेरै छ । त्यस आधारमा कोहली विश्व खेलकुदकै उत्कृष्ट कप्तान मध्येका एक हुन् । काेहेलीले भारतीय टिममा बलियो प्रभाव पारेका छन् । मैदान भित्र उनी शसक्त छन्, मैदान बाहिर पनि उनको प्रभाव कम छैन’ अरुणले भने ।
कोहलीले रहानेको सुझाव सधैं सुन्ने गरेकाले ती दुई भारतीय टिमका लागि महत्वपूर्ण जोडी रहेको पनि अरणको भनाइ थियो । ‘रहाने प्रभावशाली खेलाडी रहेकोमा शंका छैन । उनलाई कोहलीले सम्मान गर्छन् । उनको सल्लाह मान्छन् । दुई खेलाडीबीच राम्रो साझेदारी छ । त्यसकारण रहाने कप्तान भइरहनु पर्दैन, उनी कोहलीका सहायकका रुपमा पनि उत्तिकै शसत्त रहन सक्छन्’ अरुणले थपे ।
भारतले अस्ट्रेलियालाई ब्रिसबेनमा सम्पन्न अन्तिम टेस्टमा हराउँदै बोर्डर–गावस्कर ट्रफीको रक्षा गरेको थियो । जुन अस्ट्रेलियाका लागि गाब्बामा ३२ वर्ष यता ब्यहोरेको पहिलो हार थियो ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया