प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन सर्वाेच्चमा पेश

काठमाडाैँ : प्रधानमन्त्रीविरुद्ध अवहेलनाको निवेदन सर्वाेच्चमा पेश भएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको विचाराधीन मुद्दामा जथाभावी बोलेको र कानुन व्यवसायीमाथी व्यक्तिगत टिप्पणी गरेको आरोपमा वरिष्ठ अधिवक्ता कुमार शर्माले प्रधानमन्त्री ओलीविरुद्ध निवेदन पेश गरेका हुन् । अदालतमा पेश भए पनि दर्ता गर्ने या नगर्ने अझै निर्णय भइसकेकाे छैन ।
आजको बहसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै प्रश्न उठाएका थिए । त्यस्तै नेपाल बार एशोसियशनका चार पूर्व अध्यक्षहरुले पनि विज्ञप्ती जारी गरी कानुन व्यवसायीका सबैभन्दा जेष्ठ सदस्य वरिष्ठत अधिवक्ता बारका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेको बताएका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया