कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : जोनसन

लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् । पछिल्लो समय बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको बताइरहेका बेला प्रधानमन्त्री जोनसनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री जोनसनले भने, 'यो भाइरस पहिलेको भन्दा धेरै नै खतरा छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ ।' शुक्रबार डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनमा भाइरस पहिलो पटक गत महिनामात्र इंगल्याण्डको केन्टमा देखिएको बताए । उनले नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा सक्रमण फैलिने खालको रहेको छ ।
बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान गएको हो । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेका केही हप्ता यता धेरै जनाको ज्यान जान थालेको अधिकारीहरूको भनाइ थियो ।
बेलायतबाट नै सुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका ६० देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार भाइरस गत हप्तामा मात्र विश्वका १० वटा देशमा पुगेको हो ।
बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् । उनका अनुसार कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको नै निधन भएको पाइएको छ ।
पछिल्लो समयमा संक्रमण युरोपकै कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ । ती देशमा हाल खोप पनि दिन थालिएकोले नागरिकमा आशा पलाएको छ ।
युरोपेली युनियनले आगामी अगष्ट महिनाको अन्तिम सम्ममा विभिन्न युरोपेली देशका करिब ७० प्रतिशत नागरिकलाई यो खोप दिइ सकिने कुरा हालैमात्र जानकारी गराएको छ ।
प्रधानमन्त्री जोनसनले यहाँका कम्तीमा पनि ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका बताए । उनले यो नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको बताए । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया