प्रधानमन्त्री कपः कार्कीको प्रेरणादायी प्रदर्शनमा लुम्बिनीको जित

काठमाडौँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा लुम्बिनीले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो । जितसँगै लुम्बिनीले प्रतियोगिताको अन्तिम चारमा स्थान बनायो भने पराजित सुदुरपश्चिम भने बाहिरियो ।
टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदुरपश्चिमलाई ६२ रनमै समेट्यो । लुम्बिनीका कप्तान कृष्ण कार्कीले धारिलो बलिङ गरेपछि सुदुरपश्चिमले २७.४ ओभरमा सम्पूर्ण विकेट गुमायो । उता लुम्बिनीले १४.५ ओभरमा चार विकेटको क्षतिमा ६४ रन बनायो ।
सुदुरपश्चिमका लागि दुई ब्याट्सम्यानले बाहेक अन्यले दोहारो अंक छुन सकेनन् । पराजित टोलीका तर्फबाट नारायण जोशीले सर्वाधिक १७ रन बनाए भने कप्तान सन्तोष भट्टले ११ रन जोडे । सुदरपश्चिमका ओपनरद्वय खडक बोहोरा र सन्जु दमाई क्रमशः सात र आठ रन बनाउँदै पभेलियन फर्के । त्यस्तै चार खेलाडी शुन्य रनमा सिमित भए ।
लुम्बिनीका लागि अनिल खरेल र विक्रम भुसालले समान दुई/दुई विकेट लिए भने सन्दिप सुनार र दिपेन्द्र रावतले एक/एक विकेट हात पारे ।
लुम्बिनीका लागि सौरभ खनालले अविजित १८ रन बनाए । जुन विजेताका लागि सर्वाधिक स्कोर थियो । लुम्बिनीका ओपनरहरूले खराब सुरुवात गर्दा खनालबाहेक कप्तान कार्कीले जोडेको १५ रन पनि महत्वपूर्ण रह्यो । त्यस्तै, प्रकाश केसीले अविजित १७ रनको योगदान गरे । सुदुरपश्चिमका शेर मल्लले दुई विकेट लिए भने विनोद लामाले एक विकेट हात पारे ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया