श्रीलंकाको मध्यम प्रदर्शनमा म्याथ्युजको शतक

काठमाडौं : इंग्ल्याण्डसँगको पहिलो टेस्ट क्रिकेटमा श्रीलंकाले मध्यम प्रदर्शन गरेको छ । गालेमा टस जितेर व्याटिङ शुरु गरेको श्रीलंकाले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २ सय २९ रन बनाएको हो ।
उसका लागि एन्जोलो म्याथ्युजले शतक बनाए । २ सय २८ बल सामना गरेका उनले ११ चौकाको मद्धतमा १ सय ७ रनको शतकीय पाली खेलेका हुन् । श्रीलंकाका लागि ओपनर व्याट्सम्यान लाहिरु थिरिमान्नेले ४३ र कप्तान दिनेश चण्डिमालले ५२ रन बनाए । अरु व्याट्सम्यान भने सस्तैमा आउट भए ।
इंग्ल्याण्डका जेम्स एण्डरसनले ३ विकेट लिए । दुई खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्ड १-० ले अघि छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया