अस्ट्रेलिया र भारतको क्रिकेट डिप्लोमेसी

काठमाडौँ : अस्ट्रेलियालाई उसकै मैदानमा खेलिएको टेस्ट श्रृङ्खलामा पराजित गरेपछि भारतीय टिमको चौतर्फी प्रशंसा भयो । ब्रिसबेन क्रिकेट मैदानमा पछिल्लो ३२ वर्षमा कुनैपनि टिमले अस्ट्रेलियालाई हराउन नसकेको अवस्थामा भारतले त्यो सफलता हासिल गरेपछि रबि शास्त्रीका युवा खेलाडीहरूले झनै ठूलो वाहवाही पाए ।
कोभिड–१९ (कोरोना भाइरस) महामारीका बीच भएको यो श्रृङ्खलाले अस्ट्रेलिया र भारतलाई थप नजिक बनाएको विश्लेषण गरिदैछ । त्यसो त अन्तराष्ट्रिय राजनीतिक फोरमहरूमा पनि यी दुई मुलुक क्रमशः नजिक हुँदै गइरहेका छन् । त्यसकारण पनि केही दिनअघि सम्पन्न यस टेस्ट श्रृङ्खलालाई क्रिकेट डिप्लोमेसी पनि भनिन थालेको छ । दुबै मुलुकका सञ्चार माध्यममा ।
भारतीय क्रिकेट टिमको सफलतामा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले खुशी ब्यक्त गरेका छन् । बुधबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई ट्याग गर्दै मोरिसनले टुइटरमा लेखेका छन्, ‘नरेन्द्र मोदी र भारतीय क्रिकेट टिमलाई बधाई दिन चाहान्छु । अस्ट्रेलिया र भारतबीचको टेस्ट निकै नै प्रतिस्पर्धात्मक रह्यो । दुबै टिम र खेलाडीहरु उत्कृष्ट छन् । टिम पेन र अन्य खेलाडीहरू प्रति मेरो सहानुभुती छ । उनीहरुले आउँदा खेलहरुमा अवश्य राम्रो प्रदर्शन गर्नेछन् ।’
जवाफमा भारतीय प्रधानमन्त्री मोदीले मोरिसनलाई धन्यबाद भनेका छन् । मोदीले सोही मौकामा अस्ट्रेलिया क्रिकेट खेलमा प्रतिद्वन्द्वी भए पनि मैदान बाहिर भने भरपर्दो मित्र भन्न भ्याए । अस्ट्रेलिया र भारतबीच पछिल्लो मिय बढ्दै गएको घनिष्ठतालाई दुई प्रधानमन्त्रीको टुईट वार्ताले थप प्रष्टाएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । एसिया–प्रशान्त क्षेत्रमा बढ्दै गएको चीनको सक्रियता र त्यसले पार्ने प्रभावका विषयमा गमभीर रहेका अस्ट्रेलिया र भारत आपसी सहकार्यलाई बलियो बनाउनु पर्नेमा एकमत छन् । ब्यापार, रक्षा सम्बन्ध लगायतका माध्यमबाट सहकार्यलाई थप बलियो बनाइरहेका अस्ट्रेलिया र भारतले क्रिकेट खेललाई पनि डिप्लोमेसीको महत्वपूर्ण अंग रहेको संकेत दिन खोजिरहेका छन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया