वाइडनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता

जेनेभा : अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।
यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्वन्ध अन्त्य गरिएको घोषणा गरेका थिए । सो निर्णयको सर्वत्र आलोचना भएको थियो । वाइडनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ ।
अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिए ।
विश्वभरी स्वास्थ्य महामारी चलिरहेका बेला डब्लुएचओसँग अमेरिकाको सहकार्य अत्यावश्यक रहेको आवाज उठिरहेका बेला अमेरिकाले फेरि सम्वन्धलाई जोडेको बताएको हो । (एएनआई/एएफपी)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया