जनकपुरमा कोभिड-१९ संक्रमणबाट एक महिलाको मृत्यु

जनकपुरधाम : कोभिड-१९ संक्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाका अनुसार जनकपुर उपमहानगरपालिका १ बस्ने ६५ वर्षे महिलाको मृत्यु भएको हो ।
एकाएक ज्वरो आएर श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएकी ती महिलाको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ती महिला उच्च रक्तचाप, मधुमेह र दम रोगीसमेत थिइन् । योसँगै धनुषामा संक्रमित मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ ।

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

प्रतिक्रिया