डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ घाइते

कैलाली : डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से १ त ३८१३ नम्बरको ट्याक्टर अमरगढी नगरपालिका–२ कुस्मालीमा दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको हो ।
अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ३५ वर्षीय सुरेश भट्ट, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चपुरका ४० वर्षीय रामभरोसा राना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । उनका अनुसार घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया