प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दामा सुनुवाइ शुरु

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दामाथि सुनुवाइ शुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो । यसअघि सोमबार अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गरेका थिए ।
बहसमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधि सभा विघटन गरेको जिकिर गरेका थिए । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधि सभा पुनःस्थापनाको विकल्प नभएको बताएका थिए ।
त्यसअघि आइतबार अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरेका थिए । प्रतिनिधि सभा विघटनविरुध्दको मुध्दामा साढे तीन सय वकिलले बहसका लागि नाम टिपाएका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

एमाले सचिवालय बैठक बस्दै

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

प्रतिक्रिया