१५ स्थानीय तहले दिएनन् आम्दानी र खर्चको विवरण (नामावलीसहित)

काठमाडौंः देशभरका ७५३ स्थानीय तहमध्ये १५ स्थानीय तहले आम्दानी र खर्चको विवरण दिन अटेर गरेका छन् । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सबनेशनल ट्रेजरी रेगुलेटरी एप्लीकेसन अर्थात् सुत्र) मा स्थानीय तहको आम्दानी र खर्चको विवरण दाखिल गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार २०७५–७६ देखि सञ्चालनमा ल्याइएको यो प्रणालीमा २०७६–७७ देखि सबै स्थानीय निकाय सहभागी भइ आम्दानी र खर्च विवरण यस प्रणालीमा दाखिला गरेका थिए । गत आर्थिक वर्षमा प्रणालीमा ७३४ स्थानीय तहले अनलाइन (लाइभ) विवरण दाखिला गर्छन् भने बाँकीले एकमुष्ट दाखिला गरेका थिए ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार महालेखा नियन्त्रक कार्यालयले हरेक वर्ष पुस महिनाभित्र अघिल्लो आर्थिक वर्षमा तीनै तहका सरकारको सञ्चित कोषको विवरण संघीय सरकारलाई पेश गर्नुपर्छ । महालेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षको सञ्चित कोषको विवरण पेश गरी सकेको छ ।
गत आर्थिक वर्ष २०७६–७७ मा ७५३ स्थानीय सरकारहरूले कुल ४ खर्ब ६७ अर्ब रुपैयाँ कुल बजेटमध्ये ३ खर्ब २० अर्ब रुपैयाँ अर्थात् बजेटको ६८.४५ प्रतिशत खर्च गरेका छन् ।
उक्त ऐनको यस व्यवस्थाले स्थानीय तहको सञ्चित कोषबारे एकैपटक जानकारी पाउन सकिन्छ भने स्थानीय तह समेतको आम्दानी र खर्च पनि पारदर्शी हुन्छ । प्रत्येक खर्च विवरण कुन क्षेत्र, कुन कार्यक्रम, खर्चको परिमाण र लाभग्राहीको समेत पहिचान गर्नु सकिने गरी सरकारी खर्च ‘ट्रयाक’ गर्ने यो प्रणालीमा विवरण दाखिल गराउन अटेर गर्ने बढीजसो स्थानीय तह प्रदेश २ का छन् ।
यी हुन् अटेरी स्थानीय तह
गत आर्थिक वर्षमा आम्दानी र खर्चको विवरण दाखिला गरेर पनि यस आर्थिक वर्षमा वर्ष जवाफदेहीताप्रति अटेर गर्ने स्थानीय तहहरूमा प्रदेश २ का छिन्नमस्ता गाउँपालिका (सप्तरी), नरहा गाउँपालिका (सिरहा), कमला नगरपालिका (धनुषा), धनौजी गाउँपालिका (धनुषा), मलंगवा नगरपालिका (सर्लाही), हरिपुर्वा नगरपालिका (सर्लाही), कटहरिया नगरपालिका (रौतहट), बौधीमाई नगरपालिका (रौतहट), राजदेवी नगरपालिका (रौतहत) छन् । त्यस्तै, अन्य स्थानीय तहमा मोलुङ गाउँपालिका (ओखलढुंगा), आमाछोदिङमो गाउँपालिका (रसुवा), सूर्यगढी गाउँपालिका (नुवाकोट) बाग्मती प्रदेशका स्थनीय तह छन् । त्यस्तै, कर्णाली प्रदेशका अदानचुली गाउँपालिका (हुम्ला), महावै गाउँपालिका (कालीकोट) र बुढीगंगा नगरपालिका (बाजुरा) रहेका छन् ।
पारदर्शी सार्वजनिक खर्च प्रणाली कायम गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले यो व्यवस्था गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया