शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

सेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान

काठमाडौः गत साता बुधबारदेखि सेयर बजार परिसूचक लगातार उकालो लागिरहेको छ । सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ बिन्दूमा पुगेको छ । यो नेप्सेको नयाँ रेकर्ड हो । 

गत सातादेखि लगातार उकालो लागेको नेप्से ८ कारोबार दिनयता लगातार बढिरहेको छ । सेयर बजारमा दैनिक कारोबार रकम पनि बढेको छ । सोमबार सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सर्किट ब्रेकर लागेको छ । त्यस्तै, विशाल बजार कम्पनी लिमिटेड, गुर्खाज् फाइनान्स लिमिटेड, स् नारायणी डेभलपमेन्ट बैंक, वाभिमान लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लगायतका कम्पनीहरूको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

बजार बढ्ने क्रमसँगै धेरै कम्पनीहरूको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । सोमबार यो सूचीमा तारागाउँ रिजेन्सी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लिमिटेड, प्रभु लाइफ इन्स्यारेन्स कम्पनी, बरुण हाइड्रोपावर, कामना सेवा विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, छ्याङदी हाइड्रोपावर छन् । 

प्रभु बैंक, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी, एनआइसी एसिया बैंक, आरम्भ चौतारी लघुवित्त वितीय संस्थाका सबैभन्दा ठूलो कारोबार भयो । 

सोमबार नेप्सेमा २०७ कम्पनीको ६ अर्ब ३१ करोड ४६ रुपैयाँ मूल्यका एक करोड ५४ लाख ९६ हजार सात सय १४ कित्ता सेयर ५१ हजार आठ सय १३ कारोबारमार्फत् किनबेच भएको छ । 

 

 मिति

 नेप्से परिसूचक

  कारोबार

२२ पुस बुधबार 

 २१७८.५७

  ४ अर्ब ४२ करोड रुपैयाँ

 २३ पुस बिहीबार

 २,१९४.३५

 ५ अर्ब ८७ करोड रुपैयाँ

 २६ पुस आइतबार

 २२३५

 ६ अर्ब ३२ करोड रुपैयाँ

 २७ पुस सोमबार

 २२३९.४२

 ५ अर्ब ५२ करोड रुपैयाँ

 २८ पुस मंगलबार

 २,२६७.७३

  ४ अर्ब ९८ करोड रुपैयाँ

 २९ पुस बुधबार

  २,२८६.५४

 ५ अर्ब ९१ करोड रुपैयाँ

 ४ माघ आइतबार

 २३१५

 ६ अर्ब ३७ करोड रुपैयाँ

 ५ माघ सोमबार

  २३३२.३२

  ६ अर्ब ३१ करोड रुपैयाँ