मेस्सीलाई रेर्ड कार्ड ! सुपर कोपको उपाधि बिल्बाओलाई

काठमाडौं : स्पेनिस सुपर कपको उपाधि एथ्लेटिक बिल्बाओले जितेको छ । आइतबार राती बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले उपाधि उचालेको हो ।
रोमाञ्चक फाइनल खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई रेर्ड कार्ड दिइएको थियो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय अतिरिक्त समयबाट लिइएको थियो ।
जसमा बिल्बाओले ९३ औँ मिनेटमै निर्णायक गोल गरेर उपाधि जितेको हो । बिल्बाओका लागि ओस्कार, भिल्लालिब्रे र इनाकीले विजयी गोल गरे । हारको नजिक पुगेर निकै दबाबमा परेको बार्सिलोनाका मेस्सीले समेत रेर्ड कार्ड खान पुगे । एन्टोइनी ग्रिजमेनले दुई गोल गरेपनि टिमलाई जिताउन भने सकेनन् ।
चोटबाट निको भएर मैदान फर्किएको पहिलो खेलमै मेस्सीले रेर्ड कार्ड पाएका हुन् ।

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया