म्यानचेष्टर युनाईटेडसँग लिभरपुलको बराबरी

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेष्टर युनाईटेडसँग बराबरी खेलेको छ । शीर्ष स्थानको युनाईटेडसँग लिभरपुलले गोलरहित बराबरी खेलेको हो । साबिक बिजेता रहेको लिभरपुलले गोलका लागि १७ प्रहार गरेको थियो ।
त्यसमध्ये ३ वटा प्रहारले पोष्टको दिशा लिएपनि गोल भने हुन सकेन् । म्यानेचेष्टर युनाईटेडका गोलकिपर डी जीले लिभरपुुलका विश्वस्तरीय स्ट्राइकरका सबै प्रयास असफल पारेका थिए । युनाईटेडका ८ वटा प्रहारमध्ये ४ वटा प्रहार पोष्ट नजिक पुगेपनि गोल हुन सकेनन् ।
बराबरीपछि लिभपुरपुललाई उपाधि होडमा फर्किन धक्का लागेको छ । १८ खेलबाट ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा छ भने समान खेलबाट ३५ अंकसहित लेस्टर सिटी तेस्रो स्थानमा छ । एक खेल कम खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने बराबरीपछि म्यान्चेष्टर युनाईटेडले ३७ अंकसहित शीर्ष स्थानमा आफ्नो स्थान कायमै राख्न सफल भएको छ ।
गएको हप्तामा म्यानचेष्टर युनाईटेड ८ बर्षपछि शीर्ष स्थानमा पुगेको हो । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

चिनियाँ प्रशिक्षक नेपालमा

आज साँझ एलओडीले रोबर्टो कार्लोसलाई सँगै राखेर फुटबल देखाउँदै

जुनियर टेनिसमा दर्शिल र सारालाई दोहोरो उपाधि

फुटबलर रोबर्टो कार्लोस एलओडीमा आउँदै

६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

प्रतिक्रिया