२३०० नाँघेर कीर्तिमानी उचाइमा नेप्से
जलविद्युतबाहेक सबै समूह हरियो, ट्रेडिङ समूहमा उछाल

काठमाडौं : सेयर बजार सूचक नेप्से परिसूचक २३ सय नाँघेर कीर्तिमानी उचाइ कायम गरेको छ । साताको पहिलो दिन आइतबार २८ दशमलव ४६ अंकले बढेर नेप्से २३१५ बिन्दूमा पुगेको हो ।
१६ कम्पनीका सेयर ९ प्रतिशतभन्दा बढीको वृद्धिले नेप्सेलाई उच्चतम् बिन्दूमा पुर्याउन बल पुगेको हो । १६ कम्पनी मध्ये साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर १० प्रतिशतले बढेर रोकिएको थियो ।
यसरी बढ्नेमा लघुवित्त र विकास बैंकका सेयर छन् । नारायणी डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, महिला सहयात्रा माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक लगायतका कम्पनीको सेयर ९ प्रतिशतबन्दा बढीले वृध्दि भएको छ ।
प्री ओपनीङ सेसनबाटै २३ सय नाँघेको नेप्से परिसूचक अन्तिम कारोबारसम्म कायम रह्यो ।
जलविद्युतबाहेक सबै समूह हरियो, ट्रेडिङ समूहमा उछाल
आइतबारको कारोबारमा जलविद्युत समूहबाहेक सबै समूहको परिसूचक धनात्मक रहे । जलविद्युत समूहको परिसूचक ७ दशमलव २ अंकले घट्यो । ट्रेडिङ समूहको परिसूचक ९ दशमलव २४ प्रतिशतले बढ्यो । विकास बैंक, फाइनान्स र माइफ्रोफाइनान्स समूह परिसूचकमा उच्च वृध्दि भएको छ ।
२३२ अंकले बढेको ट्रेडिङ समूह २७५३ बिन्दूमा कायम रह्यो । विकास बैंक समूह ४ प्रतिशतले बढेर २५९७ बिन्दू पुग्यो । जीवन बिमा र निर्जिवन बीमा समूह दुवैमा सामान्य वृध्दि रह्यो ।
आइतबारको कारोबार ६ अर्ब ३७ करोड रुपैयाँ पुग्यो ।

कालीकोटका नौवटै पालिकाको बजेट करिब चार अर्ब

गभर्नर पौडेलको सम्पत्ति विवरणः सात कम्पनीमा शेयर लगानी

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

म्याग्दीका ६ वटै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट पारित

आन्तरिक विवादले धनुषाका छ पालिकाले बजेट ल्याउन सकेनन

सर्लाहीको बागमती नगरपालिकाले ल्यायो एक अर्ब तीन करोड बढीको बजेट

पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब राजस्व सङ्कलन

प्रतिक्रिया