वासिङटन र शार्दुलको ब्याटिङले उकासियो भारत

काठमाडौं : ब्रिसबेनमा जारी चौंथौं टेस्टको तेस्रो दिनमा वासिङटन सुन्दर र शार्दुल ठाकुरको सन्तोषजनक ब्याटिङको सहयोगमा भारतले अस्ट्रेलियाविरुध्द तीन सय ३६ रन बनाएको छ । पाहुना टोलीलाई आइतबार खेलमा पुनरागमन गर्न डेब्यु गर्दै गरेका सुन्दरले ६२ र ठाकुरले सर्वाधिक ६७ रनको योगदान गरे ।
सुन्दरले एक सय ४४ बलमा सात चौका र एक छक्का प्रहार गरे । ठाकुरले नौ चौका र दुई छक्का प्रहार गरे । शनिबार ६२/२ को अवस्थामा रहेको भारतका लागि तेस्रो दिन कप्तान अजिन्क्या रहानलेले ३७ रन बनाए ।
मिचेल स्टार्कको बलमा आउट हुनुअघि भारतीय कप्तानले ९३ बलको समाना गर्दा तीन चौका प्रहार गरे ।
चेतेश्वर पुजाराले २५ रन बनाए भने भारतले दोस्रो सेसनको ब्याटिङ सुचारु गर्दा मायान्क अग्रवाल र रिसभ पन्तलाई सस्तैमा गुमायो । अग्रवाल ३८ रनमा समेटिए भने पन्तले २३ रन मात्र बनाउन सके ।
मध्यक्रमका ब्याट्सम्यानहरूलाई सस्तैमा गुमाउँदा धरमर बनको भारतीय इनिङलाई सुन्दर र ठाकुरले उकासेका थिए ।
अस्ट्रेलियाले दोस्रो इनिङको सुरुवात गर्दा मार्कस ह्यारिस र डेभिड वारनर क्रिजमा छन् । ह्यारिस एक रनमा ब्याटिङ गरिरहेका छन् भने वार्नरले २२ बलको सामना गर्दै २० रन जोडेका छन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया