अस्ट्रेलियाविरुध्दको चौंथौं टेस्टमा रोहित शर्मा आउट हुँदा भारत दबाबमा

काठमाडौं : ब्रिसबेनमा जारी अस्ट्रेलिया र भारतबीचको जारी टेस्टको दोस्रो दिनको खेलमा पाहुना टोलीले दुई विकेट गुमाएर ६२ रन बनाएको छ । शनिबारको खेल वर्षाले अवरोध गर्नुअघि भारतका लागि रोहित शर्माले ४४ रन बनाए भने शुभम गिल सात रनमा आउट भए । ब्याटिङ गरिरहेका चेतेश्वर पुजारा र अजिन्क्या रहानेले क्रमश आठ तथा दुई रन बनाएका छन् ।
त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङको समाप्तीमा तीन सय ६९ रन बनाएको थियो । घरेल टिमका लागि मार्नुस लाबुसानोले एक सय आठ रन बनाए भने कप्तान टिम पेनले ५० रनको योगदान गरे । नाथन लियोनको बलमा पभेलियन फर्कनुअघि शर्माले ७४ बलको सामना गर्दा छ चाैका प्रहार गरेका थिए । मिचेल स्टार्कद्वारा क्याच आउट हुनुअघि शर्माले उत्साहजनक ब्याटिङ गरिरहेका थिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया