रुटको दोहोरो शतक, इंग्ल्याण्डको अग्रता

गाले : श्रीलंकाविरुद्ध इंग्ल्याण्डका कप्तान जोय रुटले दोहोरो शतक बनाएका छन् । पहिलो टेस्टको तेस्रो दिन रुटले दोहोरो शतक बनाएका हुन् । ३२१ बल सामना गरेका रुटले १८ चौका र १ छक्का प्रहार गर्दै दोहोरो शतक बनाएर २ सय २८ रनमा आउट भए ।
ओपनर व्याट्सम्यान सस्तैमा आउट भएपछि पहिलो दिनदेखि कप्तानी इनिङ खेल्ने क्रममा रुटले तेस्रो दिन दोहोरो शतक पूरा गरेका हुन् । यो उनको व्यक्तिगत चौथो दोहोरो शतक हो भने १८ औ शतक । रुटले इंग्ल्याण्डका लागि ८ हजार रनको कोशेढुंगा पनि पार गरेका छ्न ।
रुटको दोहोरो शतकको मद्दतमा इंग्ल्याण्डले पहिलो पालीमा अग्रता लिएको छ । श्रीलंकालाई १ सय ३५ रनमै अलआउट गरेको इंग्ल्याण्डले पहिलो पालीमा ४ सय २१ रन बनायो । पहिलो पालीमा २ सय ८६ रनको अग्रता लिएको इंग्ल्याण्ड बलियो अवस्थामा पुगेको छ ।
रुटसँगै इंग्ल्याण्डका लागि ड्यान लवरेन्सले ७३ र जोनी बेयरस्टोले ४७ रन बनाए । श्रीलंकाका दिलरुवान परेराले ४ विकेट लिए । श्रीलंका भ्रमणमा रहेको इंग्ल्याण्डको दुई वटा टेस्ट क्रिकेट खेल्नेछ । (इएसपिएन क्रिकइन्फोको सहयोगमा)

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया