हिमालयन हाइड्रो एक्स्पो चैत १८ देखि काठमाडौँमा

काठमाडौँ - स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल (इपान)को आयोजनामा आगामी चैत्र १८ देखि २० गतेसम्म राजधानीमा 'हिमालयन हाइड्रो एक्स्पो २०२२' हुने भएको छ । इपानले तेस्रो संस्करण हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्न लागेको हो ।
नेपालमा जलविद्युतको ठूलो सम्भावना हुँदाहुँदै पनि अपेक्षित परिणाम हासिल हुन नसकिरहेको वर्तमान अवस्थालाई सहयोग पुर्याउनेलक्ष्यका साथ एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।
एक्स्पो आगामी चैत्र १८ देखि २० गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुनेछ । एक्स्पोमा नेपालको जलविद्युत बजार विस्तारीकरण (क्रिएटिङ मार्केटस् फर नेपालस् हाइड्रो पावर) मुख्य नारा रहेको छ।
यस एक्सपोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनरका रहने रूपमा रहने इपानले जनाएको छ । भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने इपानले जनाएको छ ।
हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको विकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउने र नेपालको जलविद्युतको लागि बजारको प्रवर्धन गर्न, देशभित्र बिद्युत खपत बढाउने, विद्युत व्यापारको प्रवर्धन गर्ने उद्देश्य रहेको जनाएको छ ।
सो अवसरमा बोल्दै इपान उपाध्यक्ष आशिष गर्गले भारतीय सरकार समेत पाटनर रहेको हुँदा भारतीय जलविद्युत क्षेत्रका धेरै प्रतिनिधिको सहभागिता हुने जानकारी दिए । नेपालले भारत तथा अन्य छिमेकीहरूमा समेत विद्युत व्यापार गर्न अध्ययन भैरहेको बताए । मिलेनियम च्यालेन्ज कम्याक्ट (एमसीसी) परियोजनाको अनुमोदनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेको उर्जा क्षेत्रमा थप लगानीको वातावरण सिर्जना भएको हुँदा आगामी दिनमा उर्जा क्षेत्रको बिकासमा ऐतिहासिक योगदान पुग्ने समेत जनाए ।
यसले नेपालमा उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिन सहयोग गर्ने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुर्याउने विस्वास गरिएको छ ।
तीन दिनसम्म संञ्चालन हुने एक्स्पोमा १ सय भन्दा बढी स्टल रहने इपानले जनाएको छ । जसमा जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टवाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् ।
स्वच्छ उर्जाको प्रवर्धनमा सहयोग पुर्याउन, नेपालमा विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिबृद्धि गर्ने हेतुले भृकुटीमण्डपबाट फर्पिङसम्म विद्युतीय गाडीको र्याली गरिने जनाएको छ । सो अवसरमा फर्पिङमा विद्युतीय चार्जिङ स्टेशनको समेत उद्घाटन गरिने छ ।
यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकन २०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन जस्ता कार्यक्रमहरु विशेष आकर्षणको रुपमा आयोजकले जनाएको छ । विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा समावेश गरिने इपानले जानकारी दिएको छ ।
एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिनुका साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिने व्यवस्था गरिनेछ ।
यसका साथै एक्स्पो अवलोकनका लागि आउने इच्छुक अबलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था समेत गरिने छ ।

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

प्रतिक्रिया