यसिमा र रोजिनालाई मिस र मिसेज ब्युटिफुलको उपाधि
काठमाडौँ - राजधानीमा एक साथ एकै मञ्चमा सम्पन्न अविवाहित र विवाहित युवतीहरुबीचको सौन्दर्य प्रतियोगितामा यसिमा मल्ल ठकुरी मिस व्युटिफुल नेपाल २०२२ र रोजिना अधिकारी मिसेस व्युटिफुल नेपाल २०२२ को उपाधि चुम्न सफल भएका छन्। यसिमा मस्ट आइकनिक आइज पनि भएकी छन् भने रोजिना अधिकारी मस्ट ट्यालेन्टेड र युट्युब मस्ट भ्युज भएकी छन् ।
सौन्दर्य प्रतियोगिताका साथमा विभिन्न इभेन्ट आयोजना गर्दै आएको दक्ष इन्टरनेसनलद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अविवाहित युवतीहरुबीचको सातौं संस्करणको मिस ब्युटिफुल नेपाल २०२२ मा अनिता खत्री (निसो) फस्ट रनर्सअपका साथमा मस्ट पपुलर र मस्ट पंचुअल, खुश्बु अग्रवाल सेकेण्ड रनर्सअपका साथमा युट्युब मस्ट भ्युज र वेस्ट स्कीन तथा अन्शु अर्याल थर्ड रनर्सअपका साथमा मस्ट डिसिप्लेन्ड भएका छन् ।
नाचघरको एकै मञ्चमा विभिन्न चरणमा सम्पन्न मिस ब्युटिफुल नेपाल २०२२ मा विनिता राना वेस्ट र्याम्पवाक र फेसन आइकन, शिल्पा बजिको वेस्ट स्माइल र मल्टी मिडिया च्वाईस, नम्रता अधिकारी मस्ट फोटोजेनिक, उर्मिला बस्नेत वेस्ट ट्यालेन्ट, उषा घिमिरे वेस्ट डान्सर, माया पाण्डे मस्ट एक्टिभ, अस्मिता बखरेल वेस्ट फिजिक, गीता प्रसाईं वेस्ट पर्सनालिटी र रञ्जना शाही वेस्ट हेयर उपउपाधि विजेता भएका छन्।
त्यसै गरी छैठौं संस्करणको विवाहित महिलाहरुबीचको मिसेस व्युटिफुल नेपाल २०२२ मा माया श्रेष्ठ (मतिना) फस्ट रनर्सअपका साथमा वेस्ट र्याम्पवक र बेस्ट डान्सर, इन्दु कुँवर सेकेण्ड रनर्सअप र मस्ट पपुलरका साथमा मस्ट पन्चुअल र सुनीता शाह ठकुरी मेनेजमेन्ट च्वाईसका साथमा वेस्ट स्माइल भए। सुमित्रा बज्राचार्य मस्ट डिसिप्लेन्ड र कल्पना पासवना मस्ट फोटोजेनिक उपउपाधि विजेता भएका छन्।
कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा कलाकार उत्तम केसी, प्रेम पाण्डे र करुणा पाण्डे, निर्देशक कल्याण अधिकारी, कोरियोग्राफर अश्विनी झा, सौन्दर्यकर्मी रचना शाक्य, रेणु शाक्य र गीता पौडेल तथा इभेन्ट आयोजक अश्विनी झालाई सम्मान गरिएको थियो ।
पूर्वमन्त्री राजकिशोर यादवको प्रमूख आतिथ्यता तथा अभिनेताहरु भुवन केसी र किरण केसी, नेपाल वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेल शर्माको विशेष आतिथ्यतामा सम्पन्न दुवै प्रतियोगितामा अभिनेता रमेश उप्रेती, नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्री, संगीतकार तथा गायक अंकित श्रेष्ठ, शिक्षाविद् पूर्ण लामा, चर्म रोग विशेषज्ञ डा. अर्पण शाह, गायिका सोना अमात्य, नेपाल हेयरहोस्टेस एकेडेमीकी निर्देशक रेजिना तुलाधर निर्णायक रहेका थिए।

मोडल हन्ट नेपालको नवौँ संस्करणमा 'भिरागो'को विकनी शो सम्पन्न
भोलि ‘नो सेभ नोभेम्बर’ को चौथो संस्करणः क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर …

मिस टिन नेपालको उपाधी सारालाई

यस बर्षको मिस युनिभर्सको ताज डेनमार्ककी भिक्टोरियालाई

मिस टिन नेपाल २०२४ का सहभागीको 'ट्यालेन्ट शो ' सम्पन्न

मिस टीनको फाइनलमा २० किशोरी सहभागी हुँदै

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

प्रतिक्रिया