झकिझकाउ पशुपति, भरिभराउ मान्छे [फोटो फिचरसहित]

काठमाडौँ- पुशपतिनाथ मन्दिर परिसर विभिन्न रंगका फूलहरूले सजिसजाउ छ । हिन्दू धर्मावलम्बीको पवित्र पाशुपात क्षेत्र महाशिवरात्रिको अवसरमा एक सातादेखि गुल्जार बनिसकेको छ ।
सधैँ भीडभाड रहने पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिले छुट्टै रौनक थपेको छ । नेपालका विभिन्न स्थान र भारतबाट आएका साधुसन्त र दर्शनार्थीको भीडभाड बढेको छ । बिहानैदेखि मन्दिरमा दर्शनार्थीको घुइँचो देखिन्छ । भारतका विभिन्न स्थानबाट आएका दर्शनार्थी आएका छन् ।
मन्दिर परिसरको गेटलाई फूलका गुच्छाले सजाइएको छ । केही भक्तजनहरू फोटो खिचिरहेका छन्। केही साधुसन्तहरू ओहोरदोहोर गरिरहेका देखिन्छन् । राममन्दिरका वरिपरि साधुहरू धुनी तापिरहेका छन् । विभिन्न स्वरुपमा बागमती नदी आसपासमा बाबाहरूको भीड देख्न सकिन्छ । कोही मन्दिरका यस वर्षको शिवरात्रि भोलि ( मंगलबार १७) परेको छ ।
पशुपति क्षेत्र विकास कोषले १० लाखको हाराहारीमा दर्शनार्थीले दर्शन गर्ने जनाएको छ । विगतका वर्षमा भन्दा यसपटक दुई गुणाले साधुसन्तहरूको संख्या बढेको विकास कोषका सदस्य सचिव डा. मिलन थापाले जानकारी दिए ।
कोषले मन्दिर सजावटका लागि करिब १ करोड रुपैयाँ खर्च गरेको छ । मन्दिर परिसरमा विभिन्न दाताहरूले फूल र बत्ती निशुल्क लगाइदिएको थापाले जानकारी दिए । शिवरात्रिमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी करिब १० देखि १५ हजार सुरक्षाकर्मीलाई परिचालन गरिने उनले बताए ।
कोभिड-१९ को महामारी जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दर्शनार्थीलाई स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको उनले बताए । कोषले दर्शनार्थीको सुरक्षार्थका लागि नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट समेत सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया