राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले सर्वोच्चमा पठाएको फाइल गायब

काठमाडाै : प्रतिनिधि सभा विघटनविरुध्द परेको रिट निवेदनमाथिको बहस संवैधानिक इजलासमा जारी छ । शुक्रबार जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधि सभा विघटनको विषयमा राष्ट्रपति कार्यालयबाट पठाएको जवाफको पत्र खोजे ।
तर सर्वोच्चमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले पठाएको उक्त जवाफको पत्र फेला परेन । उनले भने, 'श्रीमान् राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले पठाएको फाइल गायब गरिएको छ । २३ गते नै फाइल थिएन ।' यसपछि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले २८ गते फर्काउने गरी फाइल दिइएको स्वीकार गरे ।
अहिले बसहमा यही विषयमा चर्काचर्की भइरहेको छ । फाइल मागेको कुरा उठेपछि इजलासको प्रत्यक्ष प्रशारणको साउन्ड केहीबेर म्युट गरिएको थियो ।
२३ गते नै मन्त्रिपरिषद्ले उक्त फाइल फिर्ता लिएको सर्वोच्चले जनाएको छ । २८ गते फिर्ता गर्ने गरी सर्वोच्चले उक्त फाइल मन्त्रिपरिषद्लेलाई फिर्ता दिएको बुझिएको छ । तर २८ गते उक्त फाइलको फोटोकपी मात्रै फिर्ता गरिएको छ ।
याे पनि
यो हो सर्वोच्चबाट सरकारले सुटुक्क फिर्ता लिएको फाइल

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया