प्रधान न्यायाधीश जबराको प्रतिप्रश्न : बहस मात्रै लम्ब्याउने कि निकास पनि दिने ?

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुध्द परेका रिट निवेदनमाथि संवैधानिक इजलासमा बहस जारी छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
शुक्रबारको बसहमा प्रतिनिधिसभा विघटनविरुध्दका रिट निवेदनमाथिकाे बहसमा संवैधानिक इजालसबाट नै टुंगो लगाउने भन्ने विषयमा बहस भयाे । बसहका क्रममा निवेदकतर्फका कानुन व्यवसायीले बृहत् पूर्ण इजलासबाट टुङ्ग्याउनु पर्ने तर्क गरे भने सरकार पक्षकाले संवैधानिक इजलासमै सुनुवाइ हुनुपर्ने तर्क गरेका छन् ।
मुद्दाको सुनुवाइमा एमिकस क्युरीबाट बहस गरेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमै न्यायाधीश थप्न सुझाए । वृहत् पूर्ण इजलासमा जानु पर्दैन, ‘संवैधानिक इजलासमा न्यायाधीश थपौँ, ’ कार्कीले भने ।
विघटनविरुध्दका मुद्दा वृहत् पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका निवेदकतर्फका कानुन व्यवसायीलाई प्रधान न्यायाधीश जबराले भने बहस मात्रै लम्ब्याउने कि टुंगो पनि लगाउने भन्दै प्रतिप्रश्न गरेका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया