तेन्दुलकर पुत्र अर्जुन आइपीएल अक्सनका लागि योग्य

काठमाडौं : भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकर पुत्र अर्जुन तेन्दुलकरले मुम्बइको सिनियर टिमबाट डेब्यु गरेका छन् । अर्जुनले शुक्रबार शैयद मुस्ताक अली ट्रफीमा मुम्बई सिनियर टिमका लागि हरयानाविरुद्धको खेलबाट डेब्यु गरेका हुन् ।
मुम्बईको सिनियर टिमका लागि खेलेपछि २१ वर्षिय बलर इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि पनि योग्य भएका छन् । अर्का पेसर क्रुतिक हानागाभाडीले चोटका कारण प्रतियोगिता गुमाएपछि तेन्दुलकर पुत्रले मौका पाएका हुन् । भारतीय अण्डर –१९ टोलीबाट खेलिसकेका अर्जुन मुम्बइको जुनियर टिमबाट खेल्दै आएका थिए ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया