प्रतिनिधि सभा विघटन, संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं : प्रतिनिधि सभा विघटनबारे रिट निवेदनमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालत संवैधानिक इजलासमा शुक्रबार बसह सुरु भएको हो ।
बहसमा यस विषयलाई संवैधानिक इजलासबाट नै अघि बढाउने कि वृहद् पूर्ण इजलासमा लैजाने भन्ने विषयमा बहस जारी छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी सदस्य छन् ।
यसअघि बुधबारको बहस मुख्य विषयवस्तुमा प्रवेश नै नगरी सकिएको थियो । पूर्ण वृहत् इजलासमा लैजाने कि संवैधानिक इजलासमै बहस गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेपछि मुद्दा हेर्दाहेदैमा राखिएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया