दीपेन्द्र र ज्ञानेन्द्र पनि आउट
काठमाडौँ : आइसीसी टी–ट्वान्टी विश्वकप छनौटमा युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले खराब प्रदर्शन गर्ने क्रम जारी छ । ओपनर ब्याटर सस्तैमा गुमाएको नेपालका लागि क्रिजमा जमेका भरपर्दा ब्याटर दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल पनि आउट भएका छन् ।
१२ औँ ओभरको चौथो बलमा ज्ञानेन्द्र आउट हुँदा पाँचौ बलमा दीपेन्द्र पनि आउट भएका हुन् । दुबै जनालाई युएईका अहमद राजाले आउट गर्न सफल भए । दीपेन्द्र ३८ रनमा आउट हुँदा ज्ञानेन्द्र २० रनमा आउट भएका हुन् ।
राजाले १२ औँ ओभरको चौथो बलमा ज्ञानेन्द्रलाई मुहम्मद वसिमको हातबाट क्याचआउट गरेका हुन् । त्यही ओभरको पाँचौ बलमा राजाले दीपेन्द्रलाई एलबीडब्लु धरापमा पार्दै आउट गरे । यससँगै दोस्रोपटक विश्वकप खेल्ने नेपालको सपना लगभग समाप्त भएको छ ।
एउटै ओभरमा भरपर्दा दुई ब्याटर गुमाएको नेपालले १३ ओभरमा ६ विकेट गुमाएर ८६ रन मात्रै बनाएको छ । यसअघि ओपनर आसिफ शेख र लोकेश बमलाई शून्यमा गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई ७ र अलराउण्डर आरिफ शेखलाई ११ रनमा गुमाएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । आजको खेल जितेमा युएई टी–ट्वान्टी विश्वकपमा छनौट हुनेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया