जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट

गण्डकी-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन् ।
शुक्रबार बागलुङका सहिद डिल्लीप्रसाद शर्माको घरमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष दाहालले सहिद र बेपत्ताजनका आफन्तलाई सम्मान गर्नुभएको थियो ।
अध्यक्ष दाहालसहितका नेताहरूले सहिद परिवारका सदस्यसँगै बसेर खाजा खाएका थिए । त्यसअघि जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको थियो ।
अभियान टोली बिहीबार बागलुङ आइपुगेको थियो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिनुभयो ।
ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरिएको थियो । अभियान टोली आज बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको छ ।
अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन् । अभियान अन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जन सभा हुने जनाइएको छ ।
माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जन सभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसंवाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट उक्त अभियान सुरू गरेको थियो ।

मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कदैं छः एमाले महासचिव पोखरेल

‘भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व हो’

सुरक्षासम्बन्धी भारत–नेपाल परामर्श समूहको सोह्रौँ बैठक सम्पन्न

लामिछानेलाई अन्याय नहोस भनेर निरन्तर पहल गरिरहेको छुः अध्यक्ष प्रचण्ड

सत्यतथ्य सूचनाले मात्र मिडियालाई विश्वासिलो बनाउँछः मुख्यमन्त्री पाण्डे
_iodjlVg2lU_xm7lpnsqmqvgwyll8jsdg56oskf6pwff06inqp380b1yum0cvhabowj2vfgk_2ejtuc3SBA_a1jqsm0jbrlyutya6j6gpgvkit0wi3nsgnaepjkli6yrs2tjbsewxd5pa7zw.jpg)
ऊर्जामन्त्री खड्का चीन प्रस्थान

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

प्रतिक्रिया