सेनाको लोककल्याणकारी कोषमा ५४ अर्ब रुपैयाँ भन्दा बढी मौज्दात

काठमाडौँ- नेपाली सेनाको लोक कल्याणकारी कोषमा असारसम्म मौज्दात रकम ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ रहेको छ । मंगलबार सेनाले लोक कल्याणकारी कोषबारे पत्रकार सम्मेलन गर्दै असारसम्म मौज्दात रकम ५४ अर्ब १२ करोड ७५ लाख रुपैयाँ रहेको जनाएको छ । सेनाले पछिल्लो पाँच महिनामा भएका गतिविधिबारे जानकारी दिएको हो ।
त्यसैगरी कोषले ५ अर्ब ८३ करोड १४ लाख लगानी गरेको छ भने कोषको यथार्थ सम्पत्ति ५९ अर्ब ९५ करोड ८९ लाख रुपैयाँ छ । कोषले लुम्बिनी प्रदेशको बुटवलमा सैनिक महाविद्यालय निर्माण गर्ने भएको छ । यसका लागि ११ पुसमा प्रधानसेनापति प्रभुराम शर्माले शिलान्यास गरेका थिए । भवन निर्माणका लागि ३१ करोड ३८ लाख १९ हजार लाग्ने भएको छ । लुम्बिनीमा निर्माण सम्पन्न भएपछि सबै प्रदेशमा सैनिक महाविद्यालय हुनेछ ।
प्रधानसेनापति कमान्ड नीति तथा मार्ग निर्देशन २०७८ नुसार सेवा निवृत हुँदासम्म सकल दर्जाले न्यूनतम सुविधा सहितको निजी आवासको व्यवस्था गरिएकोमा ९० जनाको आवेदन स्वीकृत भएको छ । वार्षिक ३.३२% ब्याज दरमा २५लाखसम्मको घर सहायता कर्जा यस वर्षबाट सुरु भएको हो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया